गोरखा, २३ मन्सिर ।
गोरखा क्षेत्र नम्बर–२ बाट नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बावुराम भट्टराई निर्वाचित भएका छन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतले पछि पार्दै डा.भट्टराई निर्वाचित भएका हुन् । भट्टराईले ३१ हजार ८०७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्रेष्ठले २४ हजार ९३३ मत हाँसिल गरेका छन् ।