भरतपुर, ३१ चैत ।
चितवन जिल्लाको प्रसिद्ध चितवन केक हाउसले अब भरतपुरबाट पनि सेवा दिने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर भरतपुरमा शाखा शुभारम्भ गर्न लागिएको सञ्चालक केदार शर्माले बताउनु भयो । शाखा शुभारम्भ गर्न प्रसिद्ध गायक सुगम पोखरेल अतिथिका रूपमा आउँदैछन् ।
वि.सं. २०७७ सालमा रत्ननगर नगरपालिकाको टाँडी बजारबाट सेवा दिँदै आइरहेको चितवन केक हाउसले पहिलो शाखाका रूपमा भरतपुर- १० सप्तगण्डकी क्याम्पस चोकबाट सेवा आरम्भ गर्न लागेको हो । वैशाख १ गते चितवन केक हाउसको उद्घाटन सँगै रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको सञ्चालक कृष्ण शर्मा एकान्त प्रेमीले बताउनु भयो । चितवन केक हाउसले बनाउने केकमा बिदेसी फ्लेवर भए पनि नेपाली स्वाद मिसाएर चितवनको मौलिकपन दिने प्रयास गरिएको उहाँले बताउनु भयो । एकान्त प्रेमी चितवनको रक्तसञ्चार क्षेत्रमा प्रसिद्ध नाम हो । रगतको आवश्यकता परेका व्यक्तिलाई सहजरूपमा रगत उपलब्ध गराउन र रक्तदान कार्यक्रममार्फत रक्त संकलन गतिविधिमा उहाँ लामो समयदेखि क्रियाशील हुनुहुन्छ ।