चितवन, ३१ चैत ।
नारायणगढको काभ्याश्री कलेक्शनले फेन्सी कपडामा ‘ओपनिङ सेल’ सुरू गरेको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर कम्पनीले शुक्रबारदेखि एक हप्ताका लागि वेयर हाउस सेल सुरू गरेको हो । यो सेल अहिले नारायणगढ बिगबजारमा चलिरहेको छ ।
खासगरी न्यू बर्नदेखि १२वर्ष उमेर समूहका बाबुनानीहरुका लागि फेन्सी कपडा खरीद मूल्यमै बिक्रीमा राखिएको पसलकी सञ्चालक प्रमिता भण्डारीले बताइन् ।
‘अहिले हामीले धेरैभन्दा धेरै उपभोक्तासँग जोडिन जतिमा खरिद गरेका थियौँ, सोही मूल्यमा बिक्री गरिरहेका छौँ । बजारमा दुइ, तीन, चार हजार पर्ने कपडा एक हजारभन्दा कम मूल्यमा दिइरहेका छौँ,’ उनले भनिन् ।
बढीमा ३००० रूपैयाँ मूल्यसम्मका कपडाहरू बिक्रीमा राखिएको उनको भनाइ छ ।