भरतपुर, ३० वैशाख ।
लोकप्रिय गायक शिरीष देवकोटा र गायिका समीक्षा अधिकारीको स्वरमा सजिएको नयाँ लोक दोहोरी गीत ‘गोली बारुद’ आज सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो गायक देवकोटाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा शब्द तथा संगीत देवकोटाकै रहेको छ । संगीत संयोजन सुनील परियारले गरेका छन् भने रेकर्डिङ सुमन र खुमन रानाले गरेका छन्। मिक्सिङ र मास्टरिङ कुमार रानाको रहेको छ।
म्युजिक भिडियोमा शिरीष देवकोटा र गीता ढुंगाना प्रमुख भूमिकामा देखिएका छन्। भिडियोलाई जेरी भण्डारीले निर्देशन तथा कोरियोग्राफी गरेकी हुन् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्: