भरतपुर, ३० चैत ।
भरतपुर महानगरपालिका -५, गुलाफबगस्थित श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयले यस वर्ष पहिलोपटक सहभागी भएको आधारभूत तह उत्तीर्ण परीक्षा (बिएलइ) २०८१ मा सामुदायिक विद्यालयतर्फ दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।
यो विद्यालयको पहिलो ब्याच भएता पनि विद्यार्थीहरुको अथक परिश्रम, शिक्षक-शिक्षिकाको समर्पण, कर्मचारीको निरन्तर साथ, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूको सहयोगले विद्यालयलाई यो गौरवमय उपलब्धिसम्म पुर्याउन सफल बनाएको प्रधानाध्यापक राजेन्द्रप्रसाद चालिसेले बताउनुभयो ।
विद्यालय परिवार सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै, उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछ । साथै, दिनरात मेहनत गरी मार्गनिर्देशन गर्ने सम्पूर्ण शिक्षकगण, सहयोगी कर्मचारी, प्रेरणादायी अभिभावक र विद्यालयसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिनु भएका सम्पूर्णमा हार्दिक धन्यवाद तथा सम्मान प्रकट गर्दछ ।
यो सफलता हाम्रो लागि मात्र होइन, सम्पूर्ण क्षेत्रकै लागि प्रेरणाको स्रोत बन्नेछ । आगामी दिनहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने अठोटसहित विद्यालयले आफ्नो शिक्षण क्रियाकलापलाई थप प्रभावकारी बनाउँदै लैजाने विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजुप्रसाद श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो ।