मकवानपुर, ३० चैत ।
मकवानपुरको हेटौंडामा बेहोस अवस्थामा भेटिएका एक जना पुरुष र एक जना महिलाको मृत्यु भएको छ ।
बुधबार बिहान हेटौंडा १० बसपार्कमा अन्दाजी ४० वर्षीया अस्मिता तामाङ र शुक्रबार बिहान अर्का पहिचान नखुलेको अन्दाजी ६५/७० वर्षीय जेष्ठ नागरिकलाई बसपार्क एरियामा अचेत अवस्थामा फेला पारिएको थियो । हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरीले मकवानपुर प्रहरीको समन्वयमा उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो ।
उनीहरुको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीले शवको सनाखत र परिवारलाई प्रहरीको सम्पर्कमा आउन अनुरोध समेत गरेको छ ।