काठमाडौं, २८ चैत ।
सांगीतिक क्षेत्रका विभिन्न स्रष्टाहरूलाई बिन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ प्रदान गरिएको छ । काठमाडौंमा आज सम्पन्न म्युजिक अवार्डको १५औं संस्करणमा विभिन्न १७ विधामा अवार्ड वितरण गरिएको हो । यस्तै थप ५ जना स्रष्टालाई सम्मान पनि गरिएको थियो ।
वरिष्ठ गीतकार राजेन्द्र थापा बिन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भए । उनले सम्मानस्वरूप नगद १ लाख रुपैयाँ प्राप्त गरे । यस्तै विन्ध्यवासिनी संगीत साधना सम्मानबाट (रु ५० हजार) गायिका संगीता शाक्य पुरस्कृत भइन् ।
गायिका निशा देशार प्रेमध्वज संगीत रत्न सम्मानबाट (रु २५ हजार) सम्मानित हुँदा गायक शिरीष देवकोटालाई झलकमान लोक संङ्गीत सम्मान (रु २५ हजार) प्रदान गरियो । कला पत्रकारिता गर्दै आएकी पत्रकार शारदा थापा विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मानबाट (नगद २५ हजार) सम्मानित भइन् ।
अवार्डका लागि हरेक विधामा ५ जना कालाकार मनोनित भएका थिए । जसमध्येबाट सर्वोत्कृष्ट कलाकार छानिएका हुन् । सर्वोत्कृष्ट कलाकारको छनौट श्रोता तथा दर्शकले दिएको भोटिङ र निर्णायक मण्डलले प्रदान गरेको अंकका आधारमा गरिएको थियो।
विभिन्न १७ विधामा पुरस्कृत कलाकार:
पपुलर अवार्ड : जुना विश्वकर्मा (माया आउने बस)
पब्लिक च्वाईस अवार्ड : अनिल पौडेल (माया आउने बस)
जूरी अवार्ड गायनतर्फ: सञ्जय देवकोटा (कुरा बुझिदेऊ न)
जूरी अवार्ड म्युजिक भिडियो निर्देशन तर्फ: स्मृति तिमल्सिना “गुरुआमा”
जूरी अवार्ड अभिनय तर्फ: विक्रम बुढाथोकी र एलिना रायमाझी (हारेँ मैले मायामा)
जुरी अवार्ड संगीत तर्फ: खेम सेन्चुरी (तल्लो बाटो)
जुरी अवार्ड गीत तर्फ: सन्तोष सापकोटा (दु:ख साटम्ला)
सर्वोत्कृष्ट गीत : जुन माया (पुरुषोत्तम ढुङ्गेल)
सुगम संगीत सर्वोत्कृष्ट गायक: राज सिग्देल (हृदयमा)
सुगम संगीत सर्वोतष्ट गायिका : उषा गजुरेल (मौसम आउला)
सुगम संगीत सर्वोतष्ट संगीत : श्रीधर अधिकारी (छौ नि तिमी आहा)
सुगम संगीत सर्वोतष्ट रचना : चिरञ्जीवी पोडेल (तिमीलाई माया गर्ने मुटु)
सर्वोत्कृष्ट युगल गायन : वैकुण्ठ महत र बेनि पौडेल (पिरीम गाडी)
सर्वोत्कृष्ट लोक दोहोरी गायक : अर्जुन सापकोटा (बस्यौ अलक्कै)
सर्वोत्कृष्ट लोक दोहोरी गायिका : कबिता खत्री (नमस्ते ढोग्दिया)
सर्वोत्कृष्ट लोकदोहोरी भाका : खेम पुन (मर्ने सुई लाइदेऊ)
सर्वोत्कृष्ट लोकदोहोरी गीत : (कन्या राशि) नारायण ज्ञवाली
सर्वोत्कृष्ट पप तथा आधुनिक भिडियो मोडल : विनोद श्रेष्ठ र उशा सुवेदी (बिदाइ-२)
सर्वोत्कृष्ट लोदोहोरी म्युजिक भिडियो निर्देशक : निशान बानिया (भाग्यमै रुन लेखेको)
सर्वोत्कृष्ट सुगम सगीत म्युजिक भिडियो निर्देशक: विशाल घिमिरे (मेरी बाठी माया)
सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार : पवन सुस्लीङ् (मायालाई पानको पात)
सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक : अमृत चापागाईं (मायाली)
सर्वोत्कृष्ट नवप्रतिभा : प्रेम सापकोटा सोनु (अरू त के भनूँ मायालु)
सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल: पल शाह र नारायणी खत्री (काईला)