मकवानपुर, १४ चैत ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलमा देवरले भाउजूको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २२ वर्षीय राहुल दासले आफ्नी जेठी भाउजू ३५ वर्षीय गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । प्रहरीका अनुसार ३ सन्तानकी आमा गुडियालाई राहुलले घरमै हत्या गरेका हुन् ।
राहुलले माइलो दाइ २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । घाइते रुपेशको हेटौंडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीन दाजुभाइ मध्ये जेठो रोशन दास रोजगारीको सिलसिलामा ५ महिनाअघि कतार गएको बताइएको छ ।
प्रहरीका अनुसार राहुलले खुकुरी प्रहार गरी भाउजूको हत्या गरेको र दाइमाथि पनि सांघातिक आक्रमण गरेको स्वीकारेका छन् ।
हेटौंडामा तरकारी तथा फलफूलको थोक बजारमा बुबासँगै फलफूलको व्यवसाय गर्दै आएका रुपेश दासले भाउजूको हत्या गर्नुको कारण नखुलेको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।