तनहुँ, ९ चैत ।
रानाभाट / भाट समाज नेपाल घिरिङ गाउँपालिका समितिको छैटौं पालिका अधिवेशन शनिबार सम्पन्न भएको छ । ‘हाम्रो प्रतिवद्धता सामाजिक सद्भाव एवं रानाभाट / भाट बन्धुहरुबीच एकता’ भन्ने मूल नारासहित स्थापना भएको रानाभाट / भाट समाज घिरिङ गाउँपालिका समितिको अध्यक्षमा मोहन रानाभाट सर्वसम्मत चयन भएका छन् ।
समाजको छैटौं पालिका अधिवेशनले मोहन रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा वृद्धिबहादुर रानाभाट, महिला उपाध्यक्षमा विष्णुमाया रानाभाट, सचिवमा अस्मिता रानाभाट, सहसचिवमा पूर्णमाया रानाभाट र कोषध्यक्षमा विष्णुमाया रानाभाट चयन भएका छन् । यसैगरी समाजको कार्य समितिका सदस्यहरुमा अमृता रानाभाट, मदन रानाभाट, मन रानाभाट, होमबहादुर रानाभाट, श्रीमाया रानाभाट, नानीमाया रानाभाट र मीना रानाभाट रहेका छन् ।
रानाभाट / भाट समाज नेपालको स्थापना वि.सं. २०४९ सालमा भएको हो । अहिले घिरिङ गाउँपालिकामा रानाभाटको १६० घरधुरी र १ हजार भन्दा बढी जनसंख्या रहेको छ । सोही कार्यक्रममा समाज भित्रका ४ जना जेष्ठ नागरिक, विभिन्न संघ / संस्थाको अध्यक्ष पदमा रहेका सूर्यरानाभाट, विष्णुमाया रानाभाट २ जना, टंक रानाभाट, लोकसेवातर्फ शिक्षा अधिकृतमा सफल भएका विजय रानाभाट, स्थानीय तहमा विजयी भएका तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर – ४ का वडा सदस्य मनबहादुर रानाभाट र घिरिङ गाउँपालिका वडा नम्बर – ४ का पूर्व कार्यपालिका सदस्य धनकुमारी रानाभाटलाई सम्मान गरिएको छ ।
त्यस्तै, अधिवेशनका प्रमुख अतिथि समेत रहेका समाजका केन्द्रीय सल्लाहकार मुरारी रानाभाटले रानाभाट जातिलाई संविधानमा सूचीकृत गर्नुपर्ने भन्दै इतिहासको ड्राफ्ट राष्ट्रिय समावेशी आयोगमा समेत बुझाइएको बताए । रानाभाटले सूचीकरणका लागि अहिले रानाभाट समाज अन्तिम चरणमा पुगेको बताए । केहीले क्षेत्री, केहीले ब्राह्मण जाति लेखिदिने गरेको भन्दै रानाभाट / भाटहरुको आफ्नै ठोस जातीय पहिचानका लागि केही समय अघि समाजले विज्ञप्तिसमेत सार्वजनिक गरेको थियो । त्यसैगरी, अधिवेशनमा रानाभाट / भाट समाज नेपालका प्रदेश उपाध्यक्ष प्रेमबहादुर रानाभाट, जिल्ला अध्यक्ष बेलबहादुर रानाभाट, उपाध्यक्ष सन्दीप रानाभाट, मनप्रसाद रानाभाट, वीरबहादुर रानाभाट, रूकबहादुर रानाभाट, सूर्य रानाभाट, इन्द्रजित रानाभाटलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यस्तै, कार्यक्रममा रानाभाट / भाट समाज नेपालका जिल्ला कार्यसमितिका सदस्य संसार रानाभाटले स्वागत मन्तव्य राखेका थिए भने घिरिङ गाउँ कमिटिका अध्यक्ष टंकलाल रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ / संस्थामा आवद्ध रानाभाट / भाटको उपस्थिति रहेको थियो ।