काठमाडौं, ४ चैत ।
नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले थापालाई आईजीपी नियुक्त गरेको हो ।
सोमबारबाट प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अवकाश पाउने भएसँगै सरकारले प्रहरीमा नयाँ नेतृत्व चयन गरेको हो । प्रहरी महानिरीक्षकका लागि थापासँगै एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
थापा १९ भदौ २०५२ मा इन्सपेक्टरबाट प्रहरीमा भर्ना हुनुभएको थियो । आगामी १८ भदौसम्म उहाँ प्रहरी नेतृत्वमा रहनु हुनेछ ।
थापा हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख हुनुहुन्छ ।