भरतपुर, ३ चैत ।
रोटर्याक्ट क्लब अफ भरतपुर ले Royal rhino riders तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनसँगको सहकार्यमा चौबिसकोठीमा ट्राफिक जनचेतना कार्यक्रम तथा सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम गरेको छ । कार्यक्रम आइतबार साँझ गरिएको हो ।
सोही क्रममा सवारी साधनहरूमा ट्राफिक नियमसम्बन्धी स्टिकर तथा पम्पलेटहरू टाँसिएको थियो, जसमा ट्राफिक नियम पालनाको महत्वबारे जनचेतना जगाउने उद्देश्य रहेको थियो ।
कार्यक्रममा रोटर्याक्ट क्लब अफ भरतपुरका अध्यक्ष सबिन पौडेल, रोटरी क्लब अफ भरतपुरका अध्यक्ष विमलकुमार क्षेत्री, रोयल राइनो राइडर्सका उपाध्यक्ष मनदीपमान श्रेष्ठ, विभिन्न वरिष्ठ ट्राफिक प्रहरी अधिकारीहरू, नेपाल प्रहरीका प्रतिनिधिहरू तथा ठूलो संख्यामा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम विश्व रोटर्याक्ट सप्ताहको अन्तिम दिन आयोजना गरिएको थियो, जसअन्तर्गत साताभरि विभिन्न सामाजिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका थिए ।
यो अभियानले सडक सुरक्षाको महत्व र ट्राफिक नियम पालना आवश्यकताबारे नागरिकहरूलाई सचेत बनाउने लक्ष्य राखेको छ ।