भरतपुर, २६ फागुन ।
किवानिज क्लब अफ चितवनको आयोजनामा विद्यार्थीहरूको नि:शुल्क दन्त परिक्षण गरिएको छ । भरतपुर-११ स्थित जखडीमाई आधारभूत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्यनरत ९० जना विद्यार्थीको नि:शुल्क दन्त परिक्षण गरिएको किवानिज क्लब अफ चितवनका अध्यक्ष श्यामबन्धु पोख्रेलले जानकारी दिनुभयो ।
क्लबका पूर्वअध्यक्ष टीकाराम कँडेलको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा क्लबका सम्पूर्ण प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष मणिभद्र कँडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । जेनिथ डेन्टल भरतपुरका डा.अर्चना सुवेदी र उहाँको टिमको प्राविधिक सहयोगमा शिविर गरिएको क्लबका सचिव रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।