भरतपुर, २४ फागुन ।
मितेरी आमा समूह भरतपुर- २ क्षेत्रपुरको छैटौँ साधारणसभा तथा नयाँ नेतृत्व चयन कार्यक्रम सम्पन्न भएको छ । समूहका अध्यक्ष शान्ता विमलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट रहनुभएको थियो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गरिएको साधारणसभा तथा नयाँ नेतृत्व चयन कार्यक्रमले पुन: शान्ता विमलीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित समितिको सदस्यहरुमा सरिता खनाल, कविता थापा, सिर्जना श्रेष्ठ, शारदा श्रेष्ठ, कमला खरेल, सिर्जना कँडेल, अन्जना पन्त, सुशीला श्रेष्ठ, सावित्री अधिकारी, विनिता गुरुङ, सिमा घिमिरे, देवीमाया पण्डित, देविन्त्र गिरि र कल्पना विक रहनुभएको छ ।
पदाधिकारी र सल्लाहकार भने नविनिर्वाचित समिति र निवर्तमान समिति बसेर तय गरिने समूहका संस्थापक अध्यक्ष रमा आचार्यले जानकारी दिनुभयो ।