मकवानपुर, २१ फागुन ।
मनहरी गाउँपालिका–७ स्थित डम्पिङसाइटमा सालनालसहितको नवजात शिशुको शव भेटिएको छ । मंगलबार साँझ ६ बजेर २५ मिनेटको समयमा नवजात शिशु (छोरी) को शव भेटिएको जानकारी इलाका प्रहरी कार्यालय मनहरीलाई प्राप्त भएको हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नवजात शिशु कसले फाल्यो भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । ‘शव कस्ले फालेको हो भन्ने खुलेको छैन’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले भने ‘एक, दुई दिन अगाडी मात्रै जन्माएर फालेको हुनसक्ने देखिएकाे छ ।’ यसअघि हेटौँडा हस्पिटलको डस्टविनमा नवजात शिशु छाडेर जाने व्यक्तिको पनि पहिचान हुन सकेकाे छैन ।