चितवन, १८ फागुन ।
भरतपुर महानगरपालिका वडा नम्बर १७ का ३९ बर्षीय खड्कबहादुर कार्कीलाई वडा नम्बर १६ का समाजसेवी नन्दप्रसाद भट्टले खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । भट्टले क्यान्सर पीडित कार्कीको घरमै पुगेर चामल दाल, तेल साथै उहाँका सन्तानलाई कापी, कलम, झोला, कपडा हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण पछि प्रतिक्रिया दिँदै भट्टले कार्कीको आर्थिक अवस्था नाजुक र बिरामी भएको सुनेपछि सहयोग गर्न आएको बताउनु भयो । ‘काम गरेर खुवाउने मान्छेनै बिरामी भएको सुनेँ । मेरो सहयोगले यो परिवारको दैनिकीमा केही सहज हुन्छ कि भनेर सहयोग सामग्री लिएर आएको हुंँ ।’ समाजसेवी भट्टले भन्नुभयो ।
आफूले २० वर्षदेखि गरिब दुखी, बेसाहारा तथा शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग गर्दै आएको बताउंँदै सहयोगको लागि अन्य दाताहरुसंँग पनि आग्रह गर्नुभयो । ‘तपाईँहरुको सानो सानो सहयोगले उहांँले नयांँ जीवन पाउनुहुन्छ भने देश विदेशमा रहेका दाजुभाई दिदी बहिनीले जति सक्नुहुन्छ सहयोग गर्दिनुस् ।´ भट्टले आग्रह गर्नुभयो ।
कार्कीलाई झण्डै १ वर्षदेखि ब्लड क्यान्सर देखिएको थियो । एकछाक पनि खान धौधौ पर्ने उहांँको परिवारलाई दाताको सहयोगबाट उपचार गरिंँदै आएको थियो । तर पछिल्लो समय चिकित्सकले केमो लगाउन ४ लाख खर्च लाग्ने बताएपछि उपचार गर्न नसकेर कार्कीलाई घर फर्काइएको थियो ।
क्यान्सरपीडित खड्ककी पत्नी लक्ष्मी कार्कीले परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले उपचार गर्न नसकी अस्पतालबाट फर्किएको बताउनु भयो । ‘डाक्टरहरुले पहिला चढाएको केमोले काम नगरेको र केमो अर्को लगाउनुपर्छ भन्नुभयोे´, लक्ष्मीले भन्नुभयो – `हामीलाई एकछाक टार्न त मुश्किल छ त्यत्रो पैसा कहांँबाट ल्याउने ?’ कार्कीका आमा, श्रीमती र ४ जना छोराछोरी सहित ७ जनाको परिवार छ । सम्पत्तिको नाममा जस्ताले छाएको घर छ । बिरामी हुनु अघि कार्कीले घर तथा भवनमा वेल्डिङको काम गरेर परिवार पाल्दै आउनुभएको थियो । पछिल्लो एकवर्षदेखि लक्ष्मीले दैनिक ज्याला मजदुर गरेर जेनतेन परिवार पाल्दै आउनुभएको छ । `परिवारमा उहांँ नै हुनुहुन्थ्यो हामीलाई पाल्ने पोषण गर्ने´ लक्ष्मीले भन्नुभयो – `अहिले म बच्चाबच्ची हुर्काउने कि, उहांँलाई हेर्ने कि काम गर्ने बिचल्ली भएको छ ।‘ आफ्नो श्रीमानको उपचारको लागि सहयोग गर्न समेत उहांँले सबैलाई आग्रह गर्नुभयो ।
बिरामी कार्कीले आफ्नो बांँच्ने रहर भएकोले उपचारको लागि सहयोग गरिदिन आग्रह गर्नुभयो । ’मर्ने रहर त कसलाई हुन्छ र, मलाई बचाईदिनुहोस्, म मरें भने मेरा बालबच्चा पनि मर्छन् ।’ उहांँले बिलौना गर्दै भन्नुभयो ।
एकवर्षअघि उहांँको शरीरभरी गिर्खा , धब्बा र असहज भएपछि शंका लागेर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा परीक्षण गर्दा ब्लड क्यान्सर देखिएको थियो । छिमेकीहरु केही सहयोग रकम जुटाएर उहांँको ८ पटकसम्म केमो थेरापी गरिएको थियो । पछिल्लो समय स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले केमो परिवर्तन गर्न सुझाव दिएका थिए । पैसा नभएपछि हाल कार्की घरकै बिछ्यौनामा रोगसंँग लडिरहनु भएको छ । उहांँको उपचारमा यसअघि ४ लाख बराबर खर्च भईसकेको र थप केमोथेरापी गर्न ४ लाख लाग्ने चिकित्सकले बताएका छन् । हाल कार्कीको उपचारको लागि आर्थिक संकलन अभियान थालिएको छ ।
सहयोगका लागि खड्कबहादुर कार्की नाम रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १६२०१००५५४०५९०१० मा रकम पठाएर सहयोग गरिदिन आग्रह गरिएको छ ।