भरतपुर, १८ फागुन ।
रोटर्याक्ट क्लब अफ भरतपुरको सहकार्यमा पर्साढाप युवा क्लब तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा, मेघौलीद्वारा भरतपुर महानगरपालिका वडा नम्बर २७ मा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर गरिएको छ । समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले गरिएको यस शिविरबाट १७५ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
शिविरमा १२० जनाले आँखा परीक्षण गराएका थिए भने ५५ जनाले दाँत, कान, घाँटी, रक्तचाप मलगायतका स्वास्थ्य परीक्षण गराएका थिए । साथै, १० जना बिरामीमा मोतियाबिन्दु पुष्टि भई शल्यक्रियाका लागि सिफारिस गरिएको छ । सम्बन्धित बिरामीलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा, मेघौलीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
कार्यक्रमलाई सफल बनाउन तारा आई केयर सेन्टर, पर्साढापले आवश्यक उपकरण उपलब्ध गराएको थियो भने मेघौली मेडिकल हल, पर्साढापले स्थान उपलब्ध गराएको थियो । साथै, श्री गणेश मन्दिर व्यवस्थापन समितिले सेवाग्राहीहरूका लागि कुर्सी सहयोग गरेको थियो ।
शिविरका क्रममा रोटर्याक्ट क्लब अफ भरतपुरका अध्यक्ष सविन पौडेल, भरतपुर-२७ की जनप्रतिनिधि सीता भण्डारी श्रेष्ठ तथा कार्यक्रम संयोजक डा. अनिश अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै, पर्साढाप युवा क्लबका अध्यक्ष तीर्थराज सापकोटा र नेपाल रेडक्रस सोसाइटी उपशाखा, मेघौलीका सभापति लक्ष्मीप्रसाद डुम्रेको महत्वपूर्ण भूमिका रहेको थियो ।