भरतपुर, १६ फागुन ।
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा चितवनको समाजशास्त्रीय अध्ययन सम्बन्धी अन्तरक्रिया तथा बहुभाषी कवि गोष्ठी सम्पन्न भएको छ । प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्षता सम्पन्न कार्यक्रममा प्राडा कर्णबहादुर बानिया र डाक्टर ईश्वरीराज लौडारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । प्राडा बानियाले `चितवनमा बस्ने आदिवासी /जनजातिहरूका मातृभाषाको वर्तमान अवस्था : एक सूक्ष्म अध्ययन´ र डा. लौडारीले `चितवनका आदिवासीहरू : समस्या, माग मुद्दा र सशक्तीकरणका प्रयासहरू´ बारे कार्यपत्र पेश गर्नु भएको थियो । बानियाँको कार्यपत्रमा अधिवक्ता किरण गुरुङले र लौडारीको कार्यपत्रमा अधिवक्ता नन्दलाल महतोले टिप्पणी गर्नुभएको थियोे ।
सोही कार्यक्रममा गोविन्द गोपाल खतिवडाले संस्कृत, राजेश रुम्बा तामाङ र कुमारबहादुर तामाङले तामाङ भाषामा, अनु दुराले दुरा भाषामा, किसन चेपाङ र एकराज शर्माले चेपाङ भाषामा, चन्द्रमान गुरुङ र गणेशबहादुर गुरुङ, माया गुरुङले गुरुङ भाषामा, प्रदीप बोटेले बोटे, उषा तिवारीले भोजपुरी , नारद परिहस्तले मैथिली, ओम उपाध्यायले हिन्दी भाषामा, राजेन्द्र घायल, इन्दिरा पोखरेल र रामलाल कुमालले नेपाली भाषामा कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा महानगरपालिकाका कार्यपालिका सदस्य विष्णुबहादुर भुजेल, आदिवासी जनजाति महासङ्घ चितवनका अध्यक्ष महेन्द्र दुरा, महानगर प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य केदारनाथ खनालले मन्तव्य राख्नुभएको थियोे । बहुभाषी कविता वाचन कार्यक्रमको परिषद् सदस्य विष्णुदेवी तिवारी उषाले संयोजन गर्नु भएको थियोे ।
चितवन बहुजाति, बहुभाषी, बहु सम्प्रदायहरूको बसोवास गर्नेहरूको अठहत्तरौं जिल्ला भएकाले यहाँको
समाजशास्त्रीय अध्ययन गर्नु र बहस तथा अन्तरक्रियाका माध्यमबाट सबै भाषा, कला, साहित्य तथा संस्कृतिको उत्थानमा टेवा पुग्ने प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले बताउनु भयो ।