भरतपुर, १४ फागुन ।
युवा उद्यमी डिला खरेलसँग उद्योग वाणिज्य संघ चितवनले बिहीबार छलफल कार्यक्रम आयोजना गर्दैछ । यहाँका उद्यमी, व्यवसायीको विशेष सहभागितामा खरेलसँग छलफल कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रममा नेपाल र अस्ट्रेलियाको दुई देशीय सम्बन्धका आयाम बारे छलफल हुने बताइएको छ । कार्यक्रममा गैर आवासीय नेपालीका नागरिकता सम्बन्धि समस्या र यसका सकारात्मक पाटोका बारेमा पनि खरेलले प्रस्तुति दिनेछन् । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (Foreign Direct Investment) को संभावना, अवसर र चुनौतीका बारे पनि खरेलको प्रस्तुति रहनेछ ।
भरतपुर घर भएका खरेल अस्ट्रेलियामा प्राध्यापन गर्दछन् । उनी अस्ट्रेलिया नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष हुन् । अष्ट्रेलियामा लोकप्रिय युवा व्यक्तित्व उनका परोपकारी, सामाजिक तथा उद्यमशीलताका अनवरत र सार्थक प्रयास तथा अभ्यासहरुको अष्ट्रेलिया र नेपाल दुवै देशमा उत्तिकै चर्चा हुने गर्दछ । उनी अस्ट्रेलियास्थित इनोभेटिभ एसोसिएट्सका प्रिन्सिपल हुन् । उक्त संस्थाले कर, वित्त तथा बैंकिङ सेवा सम्बन्धि काम गर्दछ ।