• गृहपृष्ठ
  • प्रमुख
  • राजनीति
  • चितवन
  • अर्थ
  • खेलकुद
  • भिडियो
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • साहित्य
  • विश्व
  • शिक्षा
  • समाज
  • ePaper
×
-->
   मङ्गलबार, बैशाख ३०, २०८२
☰
    • गृहपृष्ठ
    • प्रमुख
    • राजनीति
    • चितवन
    • अर्थ
    • खेलकुद
    • भिडियो
    • मनोरञ्जन
    • विचार
    • स्वास्थ्य
    • साहित्य
    • विश्व
    • शिक्षा
    • समाज
    • ePaper

ताजा अपडेट

प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

चितवनका युवा उद्यमी लम्साल सम्मानित

मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

नेपाल समाजका संरक्षकहरु चयन

साताको चर्चित

  • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

  • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

  • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

  • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

  • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

महिनामा चर्चित

  • ६. नयाँ वर्षमा यम बरालले नचाए स्पेनका नेपालीलाई

  • ७. लायन्सका नवनिर्वाचित पदाधिकारीलाई मेयर दाहालद्वारा स्वागत

  • ८. अर्किड स्कुलमा नयाँ विद्यार्थीलाई `मुना´ दिएर स्वागत

  • ९. अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्किड माविका सफलले जिते स्वर्ण पदक

  • १०. अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन

ट्रेण्डिङ :

    नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो बाढी नारायणी नदी पर्यटन

२० वर्षपछि फेरि वडाध्यक्ष

  •  
  • शनिबार, जेठ ०६, २०७४ / ८ वर्ष अगाडि प्रकाशित
    Advertisement
    Advertisement

    धु्रवराज खनाल/कायाकैरन
    रत्ननगर,६ जेेठ ।

    साविक रत्ननगर नगरपालिकाका तीन जना पूर्व वडाध्यक्षहरु पुनः वडाध्यक्षमै निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतपरिणामअनुसार रत्ननगर–४ को वडाध्यक्षमा रवीन्द्रराज अधिकारी, वडा नम्बर १२ को वडाध्यक्षमा वीरबहादुर पाख्रिन र वडा नम्बर १३ को वडाध्यक्षमा चित्रबहादुर भण्डारी निर्वाचित भएका हुन् ।
    वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा चौधरी साविक रत्ननगर–४ मा, पाख्रिन साविक रत्ननगर–११ का भण्डारी साविक रत्ननगर–१२ का वडाध्यक्षमा निर्वाचित भएका थिए । स्थानीय संरचना समायोजनमा रत्ननगर–४ यथावत छ भने साविक ९ र १२ मिसाएर १२ तथा साविक १२ र १३ नम्बर वडा मिसाएर हाल रत्ननगर–१३ कायम गरिएको छ । चौधरीले त्यो वेला राप्रपाका उम्मेदवारलाई पराजीत गरेका थिए भने यस पटक नेपाली कांग्रेसका निकटतम प्रतिद्धन्दीलाई हराउँदै दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भए ।
    २०५४ सालमा चौधरी २३ वर्षको उमेरमा वडाध्यक्ष भएका थिए । नेकपा एमालेका उम्मेदवारलाई हराउँदै वडाध्यक्ष वनेका पाख्रिनले यसपटक पनि एमालेकै उम्मेदवारलाई हराए । एमालेका उम्मेदवार पार्वती न्यौपानेको ७७३ र अर्का प्रत्यासी श्याम बरालले ७७१ मत ल्याए । पाख्रिनले भने १ हजार १ सय ८ मत प्राप्त गरे । रत्ननगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्षमा निर्वाचित चौधरीले ६८९ मत तथा भण्डारीले १ हजार १ सय ९६ मत पाए । रत्ननगर–४ को महिला सदस्यमा मनुका सापकोटा, दलित महिला सदस्यमा मीरा विश्वकर्मा, खुल्ला सदस्यमा छन्नु महतो र प्रेमप्रसाद रेग्मी निर्वाचित भए ।
    रत्ननगर–१२ को महिला सदस्यमा सीता खड्का, दलित महिला सदस्यमा सुस्मिता विक,खुल्ला सदस्यहरुमा ठुलकान्छा तामाङ र भुवन लामिछाने निर्वाचित भए । १२ मा वडाध्यक्षमा निर्वाचित पाख्रीन र विक नेपाली काग्रेश तथा खड्का,तामाङ र लामिछाने नेकपा एमालेका हुन् । रत्ननगर १३ को महिला सदस्य संगिता भण्डारी क्षेत्रीले १ हजार १ सय ६४ मत,महिला दलित सदस्य सीता सार्की नेपालीले १ हजार १ सय ४५ मत, खुल्ला सदस्यहरु अजिता चौरेलले १ हजार २ सय ३९ मत र हुकुम सुयँलले १ हजार १ सय १५ मत प्राप्त गरे । निर्वाचित भएका सुयल नेपाली कांग्रेसका हुन् भने अरु सवै नेकपा एमालेका उम्मेदवार हुन् ।
    यसैबीच रत्ननगर नगरपालिकामा अहिलेसम्म सार्वजनिक भएको वडाध्यक्षमध्ये सबैभन्दा कान्छा वडाध्यक्षका रुपमा रत्ननगर–५ बाट कृष्ण महतो निर्वाचित भएका छन् । उनी अहिले २८ वर्ष छन् । निर्वाचित महतोले वडाध्यक्ष मात्रै जितेनन् उनले पूर्व वडाध्यक्ष नेपाली कांग्रेसका सोमलाल चौधरीलाई पराजित गरे । वडाध्यक्ष महतोले ९०६ मत, महिला सदस्यमा भोलादेवी गौडेल ९१८, दलित महिला सदस्यमा मिठे दमिनी ८९७ मत,खुल्ला सदस्यहरुमा साहु महतो ८४१ मत र छन्नु महतो ८६७ मत ल्याएर निर्वाचित भएका छन् ।
    यसैबीच नेकपा एमालेका तर्फबाट मेयरका प्रत्यासी लालमणि चौधरीको गाउँ खैरहनी–७ मा नेकपा एमालेले प्यानल नै जितेको छ । एमालेका तर्फबाट वडाध्यक्षमा युवा नेता मनेजर चौधरी ७८७ मतका साथ निर्वाचित भए । त्यस्तै महिला सदस्य अनिता चौधरी ७८७ मत,दलित महिला सदस्य विष्णुमाया विक ७८४ मत र खुल्ला सदस्यहरु मर्ला महतो ७५२ मत र अर्का खुल्ला सदस्य रामकृष्ण पाठक ७४० मतका साथ निर्वाचित भएका खैरहनी नगरपालिकाका सहायक निर्वाचन अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।
    उता राप्ती नगरपालिकामा कब्जा जमाउने प्रयासमा रहेको नेकपा एमालेले थप दुई वटा वडा प्यानलसहित जितेको छ । राप्ती नगरपालिका वडा नम्वर ३ को वडाध्यक्षमा राजकुमार उप्रेती तथा वडा नम्बर दुईको अध्यक्षमा श्यामसुन्दर उप्रेती निर्वाचित भए । यसअघि नेकपा एमालेले वडा नम्वर १,४,५,८,१०,११ र १३ जितिसकेको छ भने नेपाली कांग्रेस वडा नम्वर ९ र १२ मा विजयी भएको थियो । उता कालिका नगरपालिका ३ मा नेकपा एमाले र वडा नम्वर ४ मा नेपाली कांग्रेसको प्यानल निर्वाचित भयो । वडा नम्बर ३ को अध्यक्षमा एमालेका टिकाराज रिजाल र ४ को अध्यक्षमा कांग्रेुका कृष्णकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

    शनिबार, जेठ ०६, २०७४ प्रकाशित
    संबन्धित शिर्षकहरु
    प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती
    १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन
    चितवनका युवा उद्यमी लम्साल सम्मानित
    यो पनि हेर्नुहोस
    डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा
    बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने
    नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

    • २. १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

    • ३. चितवनका युवा उद्यमी लम्साल सम्मानित

    • ४. मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

    • ७. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • ८. चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

    सातामा लोकप्रिय
    • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

    • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

    • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन

    • ७. रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल

    • ८. रजहरस्थित प्राकृतिक चिकित्सालयमा घडियाल काव्य उत्सव

    सम्पर्क

    कायाकैरन मिडिया नेटवर्क प्रा.लि.

    भरतपुर-१० , चितवन

    सूचना बिभाग दर्ता नं.

    १७९३/०७६–७७

    सम्पर्क

    ०५६–५३३१६६ / ९८५५०४३१६६

    ई–मेल

    kayakairanchitwan@gmail.com
    हाम्रो टिम
    अध्यक्ष शिरीषा सापकोटा
    प्रबन्ध निर्देशक लेखराम सापकोटा
    निर्देशक कल्पना बस्ताकोटी
    प्रधान सम्पादक विनोदबाबु रिजाल
    सहसम्पादक शिव गौतम
    विज्ञापन तथा समाचारको लागि
    विज्ञापनको लागि सम्पर्क ९८५५०६५१३८/९८५५०४३१६६
    समाचारको लागि सम्पर्क ९८४२५५७८०५
    Copyright ©2025 Kayakairan – News | All rights Reserved.
     Website By :  WebsoftNepal