भरतपुर, १३ फागुन ।
भरतपुर महानगरपालिका- १२ स्थित मालपोत चोकमा जुस तथा चियाकफीका पारखीका लागि H2O जुस एण्ड स्मूथी क्याफे सञ्चालनमा आएको छ ।
विभिन्न प्रकारका फलफूलबाट ग्राहकको चाहना अनुसार जुस तयार गरिनुका साथै विभिन्न किसिमका चिया कफी समेत पाइने पसलका सञ्चालक प्रतीक्षा आचार्यले जानकारी दिनुभयो ।
ग्राहकको रोजाइ अनुसारका विभिन्न जुस तथा चिया कफी सस्तो र सर्वसुलभ मूल्यमा पाइने हुँदा आफ्नो पसलमा ग्राहकको आकर्षण बढ्दै गएको आचार्यले बताउनुभयो ।
भरतपुर- १० स्थित नहर चोक निवासी आचार्यले हालसालै दश लाख रुपैयाँको लागतमा सो पसल सञ्चालन गर्नुभएको हो । स्वदेशमा केही गरौँ भन्ने सोचले नै आफू यो व्यवसायमा लागेको आचार्यले बताउनुभयो ।
देशमा बढ्दो जनशक्ति सम्भावना नदेखेर बिदेसिँदै गर्दा आफू भने सम्भावनाको खोजी गर्दै बिदेश नजाने सोचले व्यवसाय थालनी गरेको उहाँको भनाइ छ ।
इच्छाशक्ति, दृढ संकल्प र इमानदारी भएमा मात्रै व्यवसायमा सफलता मिल्ने हुँदा आम व्यवसायीमा उहाँले नआत्तिन आग्रह गर्नुभयो । आचार्यले संचालन गर्नुभएको H2O जुस एण्ड स्मूथी क्याफेमा विभिन्न प्रकारका फलफूलहरु स्याउ, सुन्तला, लिची, भूइँकटहर, उखु, आँप, अनार, अम्बा, स्टेबरी, अङ्गुर, नरिवल पानी तथा विभिन्न फलफूल मिसाई तयार गरिएका जुसहरु पाइनुका साथै स्टवेरी, चकलेट बटर, कोको पाउडर, केरा, दुध र मुस्लीको साथ टोपिंग्स, चोकोस, नट, चियासीड र फलफूलहरूसमेतको स्मूथी वाउल उपलब्ध हुनका साथै विभिन्न स्वादहरुका ववल टी पनि उपलब्ध छन् ।
यसैगरी मह र दालचिनीसँग तातो लेमोनेड, कागती कालो चिया, ब्ल्यक कफी, दूध कफी, मसाला दूध चिया तथा बेकरी आईटम (कुकिज, डोनट, कप केक, क्रमरोल, स्यान्डविज) समेत सस्तो र सर्वसुलभ मूल्यमा पाइने सञ्चालक प्रतीक्षा आचार्यले जानकारी दिनुभयो ।