चितवन, ११ फागुन ।
पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर सचेतना तथा नि:शुल्क पाठेघर परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ४० जना महिला सदस्यहरूले पाठेघरको परीक्षण गराएका थिए । कार्यक्रम पुष्पाञ्जली साकोसकी महिला परिचालन उपसमिति संयोजक विनिता नेपालको अध्यक्षता भएको थियो भने प्रमुख अतिथिका रूपमा बामदेव शर्मा घिमिरे उपस्थित हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रूपमा डा. अस्मिता न्यौपाने, संस्थाका पूर्वअध्यक्षहरू प्रभाकर पण्डित, शंकर नेपालसहित संस्था सदस्यहरूसहभागी हुनुहुन्थ्यो ।
यस कार्यक्रमले महिलाहरूलाई क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै नि:शुल्क परीक्षणको सुविधा प्रदान गरेको आयोजकहरूले बताएका छन् ।