मकवानपुर, १० फागुन ।
बागमती प्रदेशको ३ जिल्लामा ३ जना मृत फेला परेका छन् । प्रदेशको चितवन, धादिङ र काभ्रेपलाञ्चोक जिल्लामा १/१ जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
भरतपुर महानगरपालिका–१, नारायणी नदीको किनारमा एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा चितवनको रत्ननगर नगरपालिका–११, जयमंगला बस्ने ७६ वर्षीया सुशीलादेवी घिमिरे रहेको प्रहरी जानकारी दिएको छ ।
उनी बिहीबार भरतपुर महानगरपालिका–४, लंकु हिडेकी थिइन् । शुक्रबार बिहान ७ बजेर ३० मिनेटको समयमा पानीमा तैरिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी धादिङ जिल्लाको रुभिभ्यालि गाउँपालिका–५ मा मिलको पत्तामा परि एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा साईनटोलकी ६८ वर्षीया रिति तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार आईत घलेले संचालन गरेको मिलमा मकै पिस्न आएको तामाङ मिलको पत्तामा परि घटना स्थलमानै मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।
यस्तै काभ्रेपलाञ्चोक जिल्लाको पाचखाल नगरपालिका–३, तामाघाटमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा पर्सा जिल्ला विरगंज महानगरपालिका–५, घर भई हाल पांचखालमा मिस्त्री कामगर्ने ३५ वर्षीय अवतार पटेल रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार पटेल सुतिरहेको ठाउँमा मृत्यु अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।