चितवन, ८ फागुन ।
प्रथम मिन्नानो वडा नम्बर ११ टोल स्तरीय भेट्रान्स ८ ए साइड फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । युनिक क्लब बसेनी र एभरेष्ट क्लबको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
युनिक क्लबको मैदानमा हुने प्रतियोगितामा वडा नम्बर ११ भित्रका १७ टोल सहभागी हुने संयोजक निर्मल अमगाईले जानकारी दिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित ४५ देखि ५० किलोको खसी तथा उपविजेताले २० देखि २५ किलोको खसी प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको संयोजक अमगाईले बताए । प्रतियोगिताको उद्घाटन खेलमा निलगिरी टोल र जखडीमाई टोल भिड्नेछन् । खेल दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।