भरतपुर, ६ फागुन ।
नेपालमा मिलेनियम च्यालेन्स कर्पाेरेशन(एमसीसी) अन्तर्गतका परियोजनाहरू स्थगित भएको छ । एमसीसीले अर्थ मन्त्रालयलाई पत्राचार गरी ९० दिनका लागि परियोजना स्थगित भएको जानकारी गराएको छ ।
अर्थ मन्त्रालयले मंगलबार प्रेस बिज्ञप्तिमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार एमसीसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू स्थगन भएको जानकारी दिएको छ । एमसीसीमार्फत नेपालमा प्रसारण लाइन र सडक निर्माणका काम अघि बढेको थियो ।
‘कम्प्याक्टअन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसिसी फण्डबाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ,’ मन्त्रालयले भनेको छ ।