भरतपुर, ३ फागुन ।
भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित वीरेन्द्र डिग्री क्याम्पसगेटमा मनकामना डेडबडी फ्रिजिङ्गले शव फ्रिजीङ्गको सेवा शुरु गर्न थालेको छ । घरमा मृत्यु भएका या अस्पतालमा सबै प्रक्रियापछि पठाईएको शबलाई लक्षित गर्दै यो सेवा शुरु गरिएको हो ।
विदेशमा रहेका सन्तानहरुको पर्खाइ र शव सुरक्षणको लागि यो सेवा शुरु गरिएको कम्पनीका प्रबन्ध निर्देशक कृष्ण रिमालले जानकारी दिए । ‘विदेशमा भएका मृतकका सन्तानको आवश्यकतालाई मध्यनजर गरी यो सेवा दिन थालेका हौं, यो सेवाले शब धेरैदिनसम्म पनि राख्न सकिन्छ, अर्को कुरा यो सेवाले मृतकको सम्मान पनि हुन्छ ।’ रिमालले भने ।
देशकै केन्द्र विन्दु भएको र यस वरपरका जिल्लाका सेवाग्रााहीलाई सेवा दिने उद्धेश्य सहित यो सेवा शुरु गरिएको उनले बताए । उनका अनुसार कुनैघरमा कुनैव्यक्तिको मृत्यु भएमा र सन्तान तथा आफन्तलाई कुर्नुपर्ने भएमा यो फ्रिजर घरमै डेलीभरी गर्ने र शव सुरक्षित गरिनेछ ।
अत्याधुनिक र अटोमेटिक फ्रिजर भएका कारण शवलाई उचित तापक्रममा १० देखि १५ दिनसम्म राख्दा पनि कुनै समस्या नआउने उनले बताए । ‘यो फ्रिजमा शव राख्दा १५ दिनसम्म सड्ने गल्ने, गन्हाउने हुंँदैन´, रिमालले भने, `शव जस्ताको तस्तै रहन्छ ।’
अस्पतालबाट घर फर्काइएका वा घरमै आकस्मिक मृत्यु भएका व्यक्तिको शवको सुरक्षा होस भन्ने हेतुले नीजि क्षेत्रबाट चितवनमै पहिलोपटक यो सेवा दिईएको उनले बताए ।
फ्रिजरको माथी पट्टी कांँचको सिसा भएको शबलाई सजिलै देखिन सकिने र गुडाउन समेत मिल्ने भएकाले यताउता लैजान सजिलो पनि छ । घरमै सेवा दिए पश्चात पुनः फ्रिजरको निर्मलीकरण गरिने र अन्य व्यक्तिलाई सेवा दिन सकिने रिमालले बताए । सेवाग्राहीलाई प्रतिदिन न्यूनतम शुल्क र विपन्न परिवारको लागि बिशेष छुट सहित सेवा दिइने रिमालको भनाई छ ।
हाल भारतबाट तीनवटा फ्रिजर ल्याईएको र आगामी दिनमा आवश्यक परे थप्दै लैजाने उनको भनाई छ ।