चितवन, १ फागुन ।
मिसन रेड अन्तरगत रक्तदान अभियान सञ्चालन सहयोगार्थ भरतपुरमा प्रेम दिवस अर्थात भ्यालेनटाइन डेको अवसरमा ‘प्रेमिल साँझ’ सांगीतिक कार्यक्रम हुने भएको छ ।
फेब्रुअरी १४ अर्थात फागुन २ गते शुक्रबार होटल ग्लोबल भरतपुरमा अपरान्ह ५ बजेदेखि ‘प्रेमिल साँझ’ सुरु हुनेछ । अहिले प्रेमिल साँझको तयारी धमाधम भइरहेको आयोजक ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए ।
एसडी इभेन्ट्सको व्यवस्थापनमा हुन लागेको कार्यक्रममा चर्चित गायकहरु प्रकाश दुतराज, रचना रिमाल, लोकप्रिय गजलकार प्रदीप रोदन, थानेश्वर गौतम, अर्पण तामाङ र डिजे निकको प्रस्तुति रहने अधिकारीले बताए ।
‘प्रेमिल साँझको तयारीमा अन्तिम तयारीमा छौं, रक्तदानका लागि च्यारिटी कार्यक्रम भएकाले सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु’–अधिकारीले भने ।
कार्यक्रममा सहभागिताका लागि टिकटको व्यवस्था गरिएको छ । जोडी भएर सहभागी हुनेले रु.१५००/- र एक जनाका लागि रु.१०००/- को टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ । चितवनमा अहिले युवाहरुले मिशन रेड अभियान चलाइरहेका छन् । विभिन्न ठाउँमा पर्चा पम्प्लेट टाँस गर्नेदेखि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिरहेका छन् ।