भरतपुर, २२ माघ ।
गजल मञ्च चितवनले भ्यालेन्टाइ डे अर्थात् प्रणय दिवसको अवसर पारेर `गजलमा प्रणय´ गजलवाचन कार्यक्रम गर्ने भएको छ ।
हरेक वर्ष १४ फेब्रुअरीमा मनाइने यस प्रेम दिवसका सन्दर्भमा आगामी फागुन ३ गते शनिबार भरतपुर- ११ बाइपास रोडस्थित नहरचोकमा रहेको आरम्भ कलेजमा कार्यक्रम गर्न लागिएको गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले जानकारी दिनुभयो ।
कार्यक्रममा चितवन र छिमेकी जिल्लाका गजलकारहरुका गजलवाचन हुने अध्यक्ष अनायासले बताउनुभयो । `नयाँपुराना गजलकारहरूको विशेष जमघट रहनेछ, २० जनाभन्दा धेरै गजलकारहरूले प्रणयरसमा लेखिएका गजलहरू सुनाउनु हुनेछ, गजल सुन्न पनि धेरै स्रोताहरूको उपस्थिति रहने अपेक्षा गरेका छौँ´, अध्यक्ष अनायासले भन्नुभयो ।
गजल वाचन कार्यक्रममा सरला जोशी, यमुना न्यौपाने, गिरिराज अधिकारी, तीर्थराज सुवेदी, रुबिन पौडेल, लीला दाहाल अधिकारी, रिवाज अर्याल, विकास बराल, सुरेन्द्र अस्तफल, विद्या भण्डारी चिराग, विष्णु तिवारी उषा, परिविक्रम, एसआर दुवाडी, रामलाल कुमाल, सुवास सजल, सागर तिमिल्सिना, सरगम पारु, मसान उपासक, गौरी कँडेल, भानु सापकोटा, सुमन कडरीया, प्रविण काफ्ले, ध्रुव सञ्ज्याल, प्रेमप्रसाद कँडेल र बालकृष्ण पौडेललगायतका स्रस्टाहरुको गजल वाचन रहने बताइएको छ ।
कार्यक्रम सहयोगीका रूपमा सम्पूर्ण किताब नारायणगढ, आरम्भ कलेज भरतपुर, कनेक्ट एजुकेसन एन्ड माइग्रेसन चितवन, इन्नोभेटिभ एसोसिएट्स, चितवन फ्लेक्स नारायणगढ, एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस चितवन र प्रकृति फर्निसिङ ग्यालरी भरतपुर छन् भने मिडिया पार्टनरका रूपमा कायाकैरन मिडिया नेटवर्क प्रालि रहेको छ ।