नवलपुर, २० माघ ।
सरल नेपालले कावासोतीमा प्रथम नवलपुर जिल्ला अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनमा सरल नेपाल नवलपुर जिल्लाका संयोजक समिर लामिछानेको अध्यक्षता र जिल्ला समन्वयन समितिका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्य रहेको थियो । अधिवेशनमा सरल नेपाल केन्द्रीय अध्यक्ष मनिष पौडेल, केन्द्रीय सदस्य दीपेन्द्र अधिकारी, कार्यक्रम व्यवस्थापक आयुष ढकाल, देवचुली कलेजका पूर्व क्याम्पस प्रमुख राजन गौतम, नवलपुर जिल्ला बार एसोसिएसनका उपाध्यक्ष कमल चापागाईंको विशेष आतिथ्य रहेको थियो ।
यस्तै, प्रथम नवलपुर जिल्ला अधिवेशनबाट अध्यक्षमा समीर लामिछाने निर्वाचित भएका छन् भने उपाध्यक्षमा समित परियार निर्वाचित भएका छन् । त्यसैगरी, अधिवेशनबाट सचिवमा सम्राट पाण्डे, सहसचिवमा कृतिका कँडेल र कोषाध्यक्षमा नितु कुमारी यादव निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा गरिमा पौडेल, करुणा पोख्रेल, प्रकृति कँडेल र सुगम रायमाझी निर्वाचित भएका छन् । उक्त अधिवेशनमा नवलपुर जिल्लाभित्र रहेका विभिन्न आमा समूह, टोल सुधार समूह, शैक्षिक सामाजिक व्यक्तित्वलगायत रोट्र्याक्ट क्लब कावासोती, कावासोती नगर युवा सञ्जाल, प्रकाश फ्लेक्स प्रिन्ट, युनिभर्सर एकेडेमी, प्रगतिशील युवा क्लब, गरिमा स्कुलको सहकार्य रहेको थियो ।