मकवानपुर, १९ माघ ।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले मुलुक गम्भीर संकटतर्फ गईरहेकाे बताएका छन् । मकवानपुरको हेटौंडामा शनिबार कार्यकर्ता भेटघाटमा उनले यस्तो बताएका हुन् ।
एमाले र काङ्ग्रेस गठबन्धनको कारण राष्ट्रियताकाे काेणवाट देश संकटमा परेकाे उनले बताए । ‘सुशासनकाे दृष्टिकोणबाट हेर्दा भ्रष्टाचारीलाई बचाउने काम भैरहेकाे छ’ उनले भने सत्तारुढ संगठनले कहि पनि सार्वजनिक कार्यक्रम फेस गर्न सक्ने अवस्थामा सरकार छैन ।’ भ्रष्टकाे रक्षा गर्यो भन्दै चारैतिर विराेध भैरहेकाे बताउँदै उनले भने ‘संकट माेचनकाे लागि कम्युनिष्ट पार्टी माओवादीकाे विकल्प छैन ।’
‘याे अवस्थामा हामीले गम्भीर तर शान्तिपूर्ण ढंगले आफ्नाे कार्यदिशा अघि बढाउनु पर्ने हुन्छ’ उनले भने । ८४ काे निर्वाचनमा ध्यान केन्द्रित गरि अघि बढ्नुपर्ने उनले बताए । ‘राष्ट्रियता, भ्रष्टाचार, सुशासन, समाजवाद लगायतका एजेन्डा लिएर अघि बढ्नु पर्छ’ उनले भने । ‘लिडरसिपकाे हिसावले सर्वमान्य नेतृत्व प्रचण्डकाे रहेकाे छ’ उनले भने, ‘भविष्यमा समाजवादकाे लडाइ लड्नु पर्ने हुँदा चुनावि प्रक्रियालाई नै अवलम्बन गरेर अघि बढ्नु पर्छ ।’
राष्ट्रियता संकटमा परेकाे अवस्थालाई ध्यानमा राखेर पार्टीलाइ सुदृढीकरण गर्नुपर्ने महासचिव गुरुङले बताए । ‘पद पेेैसा र प्रतिष्ठाकाे अन्तरद्वन्द्वबाट आफ्नाे पार्टीलाई जाेेगाउन सक्नु पर्छ’ उनले भने ‘कृषि अर्थतन्त्र, औद्योगिक अर्थतन्त्र बलियाे हुनका लागि एकाधिकार दलाल पुँजिवादी प्रक्रिया बन्द हुनुपर्छ ।’
अत्यावश्यक वस्तुमा आत्मनिर्भर बनाउन सक्ने बित्तिकै समाजवाद उन्मुख हुने बताउदै उनले भने ‘पार्टीकाे अगाडि भावि चित्र र दिशा प्रष्ट छ ।’ स्थानीय तहसम्म पार्टी सुदृढ बनाउने र क्रियाशील बनाउँदै जाने, जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन पार्टीले फागुनमा तराइमा हुलाकी राजमार्ग अभियान सुरु गर्ने, वैशाखमा मध्यपहाडी अभियान संचालन गर्ने याेजना बनेकाे उनले बताए ।
हेटौंडा -४ स्थित नेकपा माओवादी केन्द्रकाे पार्टी कार्यालयमा पार्टी मकवानपुर संयाेजक भीम पाख्रिनकाे सभाध्यक्षता तथा महासचिव गुरुङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।