चितवन, १८ माघ ।
मारवाडी सेवा केन्द्र नारायणगढको अध्यक्षमा पङ्कज अग्रवाल निर्वाचित हुनुभएको छ । माघ १४ गते भएको १४औँ साधारणसभा तथा अधिवेशनले पङ्कज अग्रवालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
नारायणगढस्थित सेवा केन्द्रको भवनमा भएको अधिवेशनबाट उपाध्यक्षद्वय मनोज अग्रवाल र विकास वर्मा, महासचिवमा निरज अग्रवाल, कोषाध्यक्षमा राकेश हरलालका, सचिवमा सुशील अग्रवाल चयन हुनुभएको छ । त्यस्तै, सेवा केन्द्रका सदस्यहरुमा अशोक अग्रवाल, डा आदित्य जलान, दीपक डालमिया, प्रदीप अग्रवाल चयन हुनुभएको महासचिव निरज अग्रवालले जानकारी दिनुभयो । अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन समिति संयोजक रामशरण सिलवालले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
साधारणसभा तथा अधिवेशनको उद्घाटनसत्रमा उद्योगपति एवम् सामाजिक व्यक्तित्व पवनकुमार अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी परिषद्का उपाध्यक्ष एवम् सेवा केन्द्रका पूर्वअध्यक्ष उमाशकर अग्रवाल, पूर्व अध्यक्ष प्रमोद चाचानले शुभकामना दिनुभएको थियो ।