गैंडाकोट, १६ माघ ।
मानव अधिकार तथा शान्ति समाजको २७ औँ राष्ट्रिय परिषद् बैठकका क्रममा साहित्य आराधन अभियान अन्तर्गत शान्ति काव्य प्रवाह कार्यक्रम गरिएको छ ।
गैंडाकोटस्थित होटल मानसरोवरमा बुधबार साँझ गरिएको कार्यक्रममा विभिन्न जिल्लाबाट आउनुभएका कविहरूले विभिन्न सिर्जनाहरू प्रस्तुत गर्नुभयो । कार्यक्रममा कविहरू अरविन्द प्रताप राणा, सागर भुसाल, पदम अर्याल, गणेश श्रमण, लेखराम सापकोटा, चित्रबहादुर मल्ल, नवराज ढुंगाना, दुर्गाप्रसाद पोखरेल, अर्जुनदृष्टि ज्ञवाली, विष्णु शर्मा, कृष्णमणि पहारी, माधवप्रसाद गौतम र दिलिप कार्कीले कविता सुनाउनु भयो ।
हुप्सेकोट गाउँपालिका प्रमुख तथा गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मी पाण्डेले शुभकामना मन्तव्य राखेको कार्यक्रमलाई कवि दयानिधि अर्यालले सहजीकरण गर्नुभएको छ ।