भरतपुर, १६ माघ ।
विद्यालयको १४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा गरिने अन्तर विद्यालय प्रतिस्पर्धात्मक प्रतियोगिता कार्यक्रमको शुभारम्भ भरतपुर- १० स्थित अर्किड माविले सहिद दिवस को अवसर पारी अन्तरस्कुल साइकल दौड प्रतियोगिताबाट शुरुआत गरेको छ ।
पहिलो कार्यक्रम अन्तर्गतको साइकल दौड प्रतियोगितामा छात्र समूहबाट सिर्जना स्कुलका किरण गुरुङ प्रथम र छात्रा समूहबाट वाल्मीकि स्कुलकी सुदानी भण्डारी प्रथम भएका छन् ।
कुल १० विद्यालयका २० प्रतिस्पर्धी रहेको प्रतियोगितामा दोस्रो स्थान छात्र र छात्रा समूहबाट क्रमश: आयुश प्रधान (स्मल हेभन मोडल स्कुल) खुशी न्यौपाने (भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालय) र तेस्रो स्थान वाल्मीकि र सिर्जना स्कुलकै सुशान्त दवाडी र आश्मा गुरुङ क्रमशः छात्र र छात्रा समूहमा भएका थिए ।
अर्किड साइकलिङ क्लबको संयोजनमा भएको यस दौड कार्यक्रम अर्किड माविको तेस्रो शृङ्खलाको कार्यक्रम भएको कार्यक्रम संयोजक प्रतीक्षा श्रेष्ठले बताउनु भयो । विद्यालयले फागुन ४ अर्थात वार्षिकोत्सव अघि अन्य प्रतिस्पर्धात्मक कार्यक्रमहरू पनि राखेको पनि श्रेष्ठले बताउनु भयो ।