भरतपुर, १६ माघ ।
नेपाली काँग्रेस भरतपुर -७ ले सहिद दिवसको अवसर पारेर बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली काँग्रेसले केन्द्रलाई टोल टोलसम्म जोड्ने अभियान अन्तर्गत सुरुवात गरेको १०० दिने अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो । भरतपुर- ७ स्थित विपी कोईराला क्यान्सर अस्पताल १ नम्वर गेटमा कार्यक्रम सम्पन्न गरिएको कार्यक्रममा अतिथि, स्थानीयवासी तथा विभिन्न व्यापारीक संस्थाका प्रतिनिधि सहित ५४ जनाले रक्तदान गरेका छन् ।
नेपाली काँग्रेस भरतपुर- ७ का सभापति विनोद ढकालको अध्यक्षता तथा बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री मधुकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपाली काँग्रेसले सुरुवात गरेको एक सय दिने अभियानको प्रशंसा गर्नुभयो । सहिद दिवसको अवसरमा गरिएको मानवीय सेवाको कामले सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली भएको उहाँले वताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सहितका अतिथिहरुले पनि रक्तदान गर्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका पुर्वमन्त्री मिलनवावु श्रेष्ठ, उत्तम जाेशी, बागमती प्रदेश सांसद विनु रायमाझी पाैडेल, नेपाली काँग्रेस चितवन जिल्ला उपसभापति राजिव न्याैपाने, निवर्तमान सभापति जितनारायण श्रेष्ठलगायत पार्टीका जिल्ला र वडा तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।