चितवन, १४ माघ ।
प्रेस सेन्टर भरतपुर महानगर कमिटीका प्रतिनिधिलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वागत गरेकी छन् ।
आइतबार सम्पन्न प्रेस सेन्टर चितवनको वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट निर्वाचित भरतपुर महानगर कमिटीलाई सोमबार प्रमुख दाहालले आफ्नै कार्यकक्षमा स्वागत गरेकी हुन् ।
महानगर प्रमुख दाहालले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफलताको शुभकामना व्यक्त गरेकी थिइन् । उनले महानगरबाट हुने कामहरुलाई सञ्चारमाध्यममार्फत् जनतामा पुर्याउन उपस्थित पत्रकारहरुलाई आग्रह गरिन् ।
स्वागत कार्यक्रममा प्रेस सेन्टर भरतपुर महानगर कमिटी अध्यक्ष किशोर चन्द्र सापकोटा, उपाध्यक्ष रवि चन्द्र अधिकारी, सचिव आयुष न्यौपाने, कोषाध्यक्ष सुमन सुवेदी, सदस्य सुरज परियार, अशोक परियार, सूचना गुरुङ, विवेक पोख्रेल, दीपक पोख्रेल, मनिष पौडेललगायतको उपस्थिति रहेको थियो ।
प्रेस सेन्टर भरतपुर महानगर कमिटीको तर्फबाट बोल्दै अध्यक्ष किशोर चन्द्र सापकोटाले न्यानो स्वागतका लागि मेयर रेनु दाहाललाई धन्यवाद दिए । उनले भरतपुर महानगरका गतिविधि र जनताका सवाललाई सशक्तरुपमा सञ्चारमाध्यममा ल्याउन प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाए ।