भरतपुर, १३ माघ ।
प्रेस सेन्टर भरतपुर महानगर कमिटीको अध्यक्षमा किशोरचन्द्र सापकोटा चयन भएका छन् । आईतबार सम्पन्न प्रेस सेन्टर भरतपुर महानगर कमिटीको वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले अध्यक्ष सापकोटाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा रविचन्द्र अधिकारी, सचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सुमन सुवेदी चयन भएका छन् ।
यस्तै सदस्यहरूमा सुरज परियार, अशोक परियार, सूचना गुरुङ, विवेक पोख्रेल, दीपक पोख्रेल, मनिष पौडेलसहित एकजना थप गरी ११ सदस्य निर्वाचित भएका छन् ।