भरतपुर, १३ माघ ।
प्रेस सेन्टर चितवनको जिल्ला अध्यक्षमा राजेन्द्र आचार्य चयन भएका छन् । आईतबार सम्पन्न प्रेस सेन्टर चितवन नेपालको वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले आचार्यको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा नवीनबाबु मरहट्टा र महिला उपाध्यक्षमा दिप्ती विश्वकर्मा, सचिवमा सुरेन कुँवर, सहसचिवमा हीरालाल गुरुङ र खुल्लातर्फ सहसचिव अनिल भट्टराई, कोषाध्यक्षमा सुनील पराजुली चयन भएका छन् ।
सदस्यहरूमा प्रमिता भण्डारी, सन्तोष विश्वकर्मा, राजकुमार देउजा, कमलराज ढकाल, सुजन खनाल, विशाल अमगाईसहित दुईजना थप गरी कुल १५ सदस्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिहरूमा सूर्य पाठक, अजिता अधिकारी, सुजिता हमाल, प्रकाश आचार्य, भुवनप्रसाद उप्रेती र उर्गेन तामाङ सर्वसम्मत रूपमा चयन भएका छन् ।