शिक्षा नगरीको रुपमा विकास हुँदै गरेको चितवनमा आरम्भ कलेजको उपस्थिति उत्साहजनक पाइएको छ ।देशको मध्यभागमा रहेको चितवनको केन्द्रभाग भरतपुरमा २०८० साल भदौ महिनाबाट आरम्भ कलेजलेआफ्नो सेवा आरम्भ गरेको थियो । कलेज संचालनको दोस्रो वर्षमै आरम्भ कलेजले चितवनको शैक्षिक नेतृत्व लिने संकेत देखाएको छ ।
आरम्भ कलेजको स्थापना चितवनका पाँच र काठमाडौँका पाँच जना शिक्षाप्रेमीले २०७९ सालमा गरेका हुन्। कलेजको व्यवस्थापन र संचालनमा संलग्न व्यक्तिहरु दुई दशकभन्दा बढी शैक्षिक क्षेत्रमा कामगरिसकेका अनुभवी छन् । शिक्षकहरु पनि अनुभवी र ऊर्जावान छन् ।
आरम्भ कलेजले त्रिभुवन विश्वविद्यालयबाट बिएचएमतर्फ ६६ र बिआइएमतर्फ ६६ गरी कुल १३२ जनाविद्यार्थी पढाउन अनुमति पाएको छ ।
नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत
भरतपुर महानगरपालिका वडा नम्बर ११, नहरचोक नजिकै रहेको आरम्भ कलेजले वर्ष २०८१ ब्याचका विद्यार्थीहरूलाई स्वागत र अभिमुखीकरण कार्यक्रम सौराहामा सम्पन्न गरेको छ । रोयल टाइगर लक्जरी रिसोर्टमा सम्पन्न उक्त कार्यक्रममा बिएचएम र बिआइएमतर्फ भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कलेजका प्राचार्य सुरज शिवाकोटीले बताए ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले व्यवस्थापन संकायतर्फ स्नातक तहका दुईकार्यक्रम संचालन गरेको छ । कलेजका प्राचार्य शिवाकोटीले शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गर्नपञ्चवर्षीय योजना तयार पारिएको बताए ।
आरम्भ कलेजले व्यवस्थापन संकाय अन्तर्गत ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बिआइएम) रब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) को पढाई संचालन गरेको छ । चारवर्षे स्नातक तहकोपाठ्यक्रममा आधारित यी विषयमा वर्षका दुई सेमेस्टरका दरले कुल आठ सेमेस्टर पढाई हुने प्राचार्यशिवाकोटीले जानकारी दिए । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कम्तीमा डी ग्रेड (एक दशमलव आठजिपिए) ल्याएका विद्यार्थीले १२ कक्षा सकेपछि सिम्याट परीक्षा उत्तीर्ण गरेर सहजै भर्ना हुन पाउने उनलेबताए ।
पहिलो वर्ष नै बिआइएमतर्फ ६५ जना र बिएचएमतर्फ ५८ जना भर्ना भएको प्राचार्य शिवाकोटीले जानकारीदिए । उनले भने, ‘स्नातक तहमा ड्रपआउटको समस्या हामीकहाँ पनि छ । भर्ना भएकामध्ये बिआइएमतर्फ ७जना र बिएचएमतर्फ १० जनाले पढाइ छाडेर विदेश गएका छन् ।’
व्यवस्थापन संकाय अन्तर्गतका बिआइएम र बिएचएम शैक्षिक कार्यक्रमले प्रविधि र होटल व्यवस्थापनमाविद्यार्थीहरुलाई पूर्णरुपमा योग्य, सक्षम र सफल तुल्याउने प्राचार्य शिवाकोटी बताउँछन् । उनले भने, ‘व्यावहारिक, सैद्धान्तिक र समयसापेक्ष अन्तर्राष्ट्रिय स्तरको सीप प्रक्षेपण गराई यस क्षेत्रका उद्योगहरुकालागि एक प्रमुख विकल्प बनाउने हुँदा यस संस्थाको समाजमा अलग पहिचान हुने र यसले चितवनकोशैक्षिक नेतृत्व लिने कुरामा समेत हामी विश्वस्त छौँ ।’
सुविधासम्पन्न भवन
दस हजार वर्गफुटमा फैलिएको पाँचतले आरम्भ कलेजका सबै कक्षाकोठा पूर्ण वातानुकुलित छन् । दसहजार वर्गफुटकै अर्को भवन छ । कलेजमा सेमिनार हल, ल्याब र पुस्तकालय छन् । फुटसल, बास्केटबल रस्वीमिङ पुल निर्माणको योजना रहेको प्राचार्य शिवाकोटीले जानकारी दिए । इन्टर्नसीपका लागि स्थानीय रअन्तर्राष्ट्रिय तहमा सहकार्य भइरहेको उनले बताए । उनले भने, ‘पढ्दै कमाउँदै भन्ने कलेजको लक्ष्य छ ।अहिलेको समय सूचना प्रविधिसहितको व्यवस्थापनको हो । त्यसैले विद्यार्थीहरुसामु आरम्भ कलेज एउटाअवसरका रुपमा आएको छ ।’
आरम्भ कलेज संचालक समितिका अध्यक्ष सुरेन्द्र सुवेदी काठमाडौँ मोडल कलेजका प्राचार्यसमेत हुन् ।आरम्भ कलेजले विद्यार्थीहरुलाई मनोवृत्ति, सीप र ज्ञानको सम्मिश्रणबाट शिक्षा दिने उनको दाबी छ ।चितवनमा उच्चशिक्षा लिन चाहनेलाई काठमाडौँ वा विदेश जान नपरोस् भन्ने उद्देश्यले भरतपुरमा कलेजसंचालनमा ल्याइएको अध्यक्ष सुवेदीले बताए । कलेजले शैक्षिक, नैतिक पक्षसँगै अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरुको बौद्धिक र शारीरिक विकासका लागि खेलकुद, साहित्य र सिर्जनात्मक कार्यक्रमहरुअगाडि सारेको उनले जानकारी दिए ।
स्थानीय निकायसँगको सहकार्यमा जोड
आरम्भ कलेजले वडा, गाउँपालिका वा नगरपालिका वा महानगरपालिकासँगको सहकार्यमा जोड दिँदैछात्रवृत्तिको व्यवस्था गरेको छ । त्रिविले तोकेको साथै स्थानीय निकायलाई समेत सहभागी गराईछात्रवृत्तिलाई पूर्णरुपमा लागू गरिएको कलेजले जनाएको छ । स्वदेशमा नै प्रभावकारी शिक्षासँगैस्वरोजगारमा जोड दिन कलेज प्रतिबद्ध रहेको प्राचार्य शिवाकोटी बताउँछन् । कलेजले अभिभावकहरुसमक्षपुगी सन्तानलाई विदेश पढ्न पठाउँदा हुने मानसिक तनावविरुद्ध परामर्श दिँदै आएको उनले बताए ।कलेजले बिएचएम र बिआइएममा अध्ययनरत विद्यार्थीका लागि विशिष्टीकृत ल्याबको व्यवस्था गरेको एवंविद्यार्थीहरुलाई विषयगत तालिम तथा प्रशिक्षण दिँदै आएको कलेजले जनाएको छ ।
चितवन जिल्ला स्वास्थ्य तथा पर्यटनको हब बन्दै गइरहेको सन्दर्भमा अबका दिनमा यसलाई शैक्षिक हबकारुपमा विकास गरिनु पर्ने सोचका साथ आरम्भ कलेजले सरोकारवाला रोजगारदाता संघसंस्थाहरुसँगसाझेदारी कायम गर्दै आएको छ । हालसम्म आरम्भ कलेजले आइडिया स्टुडियो, लिड एक्स नेपाल, फोर्थभ्याली कन्साइज जापान र रोबोटिक एसोसिएसन अफ नेपालसँग साझेदारी गरिएको प्राचार्य शिवाकोटीलेजानकारी दिए । ‘आरम्भ कलेजले चितवनलाई आइटी हब र पर्यटकीय हब बनाउने कुरामा सहयोगपुर्याइरहेको छ’ उनले भने ।
आरम्भ कलेजको फरक शिक्षा प्रणाली
वातानुकुलित कक्षामा रहेका विद्यार्थीलाई डिजिटल बोर्डमा पाठ्यसामग्री प्रस्तुत गरेर पढाउँदै आएको आरम्भकलेजले टाढाबाट आउने विद्यार्थीलाई मध्यनजर गर्दै बसको व्यवस्था मिलाएको छ । बिहानको समयमापढाई संचालन गरिने भएकोले दिउँसो काम गर्न चाहने विद्यार्थीहरुलाई आयआर्जनको लागि विषयगतसंघसंस्थाहरुमा जोड्ने प्रयत्नस्वरुप ‘पढ्दै कमाउँदै’ भन्ने नारा नै तय गरिएको कलेजले जनाएको छ ।
कलेजमा गत वर्षदेखि नै आरम्भ इन्नोभेसन हब संचालनमा आएको छ, जहाँ विद्यार्थीहरुले १३ वटा समूहगठन गरी पढाइलाई बल पुग्ने विभिन्न कार्यक्रम गर्दै आएका छन् । पहिलो वर्ष यस्ता ६ वटा कार्यक्रम भएकाछन् । आरम्भ आइडिया स्टेसन अन्तर्गत सेफ सन्तोष साहलाई आरम्भ कलेजको ब्राण्ड एम्बेस्डर घोषणा गरीएकदिने कार्यक्रम गरिएको थियो ।
यसैगरी, आरम्भ इन्टरप्रेनर्स फोरम अन्तर्गत चितवन उद्योग संघसँगको सहकार्यमा ‘क्रिएटिङ स्टार्टअपकल्चर’ विषयक एकदिने कार्यक्रम सम्पन्न भइसकेको छ । यस कार्यक्रममा बिएचएम र बिआइएममाअध्ययनरत विद्यार्थीहरु सहभागी थिए, जसलाई उद्योग र शैक्षिक संघसंस्थासँग जोड्ने काम गरिएको प्राचार्यशिवाकोटी बताउँछन् ।
आरम्भ आइटी लर्निङ सेन्टर अन्तर्गत रोबोटिक एसोसिएसन अफ नेपालसँगको सहकार्यमा उद्यमशीलतासम्बन्धी पाँचदिने तालिम सम्पन्न भइसकेको कलेजले जनाएको छ । यसैगरी, आरम्भ राइजिङ लिडर्सअन्तर्गत चितवन जिल्लाभित्र तथा जिल्ला बाहिरका १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई होटलतथा आइटी सम्बन्धी पन्ध्रदिने तालिम दिइएको थियो ।
आरम्भ रिसर्च एण्ड इन्क्युबेसन सेल अन्तर्गत आइडिया स्टुडियो, लिड एक्स नेपाल र फोर्थ भ्यालीकन्साइजको संयोजकत्वमा दुईदिने अन्तरक्रिया सम्पन्न गरिएको प्राचार्य शिवाकोटीले जानकारी दिए ।विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा पनि सहभागी गराउन आरम्भ एथलेट्स अन्तर्गत तीन दिवसीयखेल उत्सव सम्पन्न गरिएको उनले बताए । आरम्भ कलेजले सधैँ शैक्षिक र औद्योगिक सहकार्यमा जोड दिनेगरेको उनको भनाइ छ ।
उत्कृष्ट नतिजा, सन्तुष्ट अभिभावक
आरम्भ कलेजको परिचयलाई कलेजमा अध्ययनरत विद्यार्थीको उत्कृष्ट नतिजाले अझ फराकिलो बनाएको छ । आरम्भको यो स्तरको शैक्षिक प्राप्तिले अभिभावक पनि सन्तुष्ट छन् ।
आरम्भ कलेज सुरू भएकै वर्ष बिएचएम पहिलो सेमेस्टरको परीक्षामा कलेजकी छात्रा ङवाङ बम्जन तामाङले जिपिए ३.९२ ल्याएर जिल्ला टप गरिन् । देशैभरिमा उनले पाँचौँ स्थान हासिल गरिन् । यो प्राप्तिले आरम्भलाई उचाइमा पुर्याउने काम गरेको प्रिन्सिपल शिवाकोटी बताउँछन् ।
बिएचएम पहिलो सेमेस्टरमा आरम्भकी नेबिका मैनालीले जिपिए ३.९१ ल्याएर जिल्लामा दोस्रो स्थान हासिल गरिन् । उनकै ब्याचका ओजस्वी आचार्यले जिपिए ३.८१, अंगीता अधिकारीले जिपिए ३.७८, सन्ध्या गोलेले जिपिए ३.७५ र अर्सिया बानुले जिपिए ३.६९ ल्याएका छन् । यो नतिजाबाट अभिभावकहरू खुसी भएका छन् ।
डेढ दर्जन संघसंस्थासँग सहकार्य
आरम्भ कलेजले स्थानीय तह र अन्य डेढ दर्जनभन्दा बढी निजी क्षेत्रका संघसंस्थासँग सहकार्य गर्दै आएको छ । ती संघसंस्थामा शिक्षा, सञ्चार, उद्योग र हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित छन् । आरम्भ कलेजले सहकार्य गरेका संघसंस्था यस प्रकार छन् :
- आइडिया स्टुडियो
- फोर्थ भ्याली कन्सरेज
- लिड एक्स नेपाल
- होटल सिराइचुली
- रिजेन्टा रिसोर्ट
- रोयल टाइगर लक्जरी रिसोर्ट
- चितवन उद्योग संघ
- कम्प्युटर एसोसिएसन अफ नेपाल
- उद्योग वाणिज्य संघ चितवन
- रोबोटिक एसोसिएसन अफ नेपाल
- सानी सेक्युरिटी
- कालिका एफएम
- एजुकेसन पाना, चितवन
- चितवन पर्यटन बोर्ड
- चितवन होटल संघ
- क्षेत्रीय होटल संघ नेपाल
- ई-जोन एजुकेसन
- बेटर चितवन
- स्किल ल्याब
- एनएमबी बैंक