मकवानपुर, २५ पुस ।
मकवानपुर जिल्लाकाे राक्सिराङका एक जना हेटौँडाकाे हाेटलमा मृत भेटिएका छन् । राक्सिराङ्ग गाउँपालिका–४ का २८ वर्षीय सरोज शाह हेटौँडा–१० स्थित होटलमा मृत भेटिएका हुन् ।
हेटौँडा–१०, बसपार्कस्थित चण्डिका होटलमा पुस १५ गतेदेखि बस्दै आएका शाह बिहीबार दिउँसो १२ बजेर २० मिनेटको समयमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बिहीबार अबेरसम्म पनि ढोका नखोलेपछि होटल सञ्चालकले झ्यालबाट हेर्दा अचेत जस्तो देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । मादकपदार्थ सेवन गरेका कारण स्वास्थ्यमा समस्या भई मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेकाे मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । मृत्युकाे सम्वन्धमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।