भरतपुर, २५ पुस ।
कवि चारघरे ठिटोको कवितासङ्ग्रह ´दर्जनौँ सपनाहरू´ प्रकाशन भएको छ । स्याङ्जाको अर्जुनचौपारी घर भएका उहाँ नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ ।
स्कुले जीवनदेखि साहित्यमा कलम चलाउनु भएका उहाँका २०६२ सालमा `त्रिवेणी´ कथा / कवितासङ्ग्रह, २०६७ सालमा `अभागीका गीतहरू´ गीतसङ्ग्रह, २०७२ सालमा `नेपाली टाइम´ निबन्धसङ्ग्रह, २०७६ सालमा `अनुत्तरित प्रश्नहरू´ कवितासङ्ग्रह र २०७९ सालमा `जलेको प्रेम´ उपन्यास प्रकाशित छन् ।
अमेरिका निवासी दिपेन थापा प्रकाशक रहेको पुस्तकमा ३६ वटा कविता छन् । सङ्ग्रहमा मनोभाव खण्डमा २७ वटा र गीतिभाव खण्डमा ११ वटा कविता राखिएको छ । पुस्तकको वितरकमा सम्पूर्ण किताब नारायणगढ रहेको छ । मूल्य २५०/- छ ।