चितवन, २४ पुस ।
कार दुर्घटनामा परेर गम्भीर घाइते भएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको निधन भएको छ । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।
नारायणगढको कमलनगरमा चस्मा पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय युवा व्यवसायी गैरेको उपचारको क्रममा उनको निधन भएको हो ।
उनको २३ दिनदेखि भरतपुर अस्पतालमा उपचार भइरहेको थियो ।
पुस १ गते चितवनको माडीमा लायन्स क्लब अफ नारायणगढ प्रोफेसनलको आयोजनामा भएको न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा चितवन निकुञ्जको जंगलमा कार दुर्घटनामा परि गैरे गम्भिर घाइते भएका थिए ।