माडी, २१ पुस ।
लायन्स क्लब अफ माडी इको, ब्लड डोनर सोसाइटी नेपाल भरतपुर महानगर कमिटी र लायन्स क्लब अफ नारायणघाट चौतारीको संयुक्त आयोजनामा भरतपुरको कटहर चोकमा रक्तदान कार्यक्रम गरिएको छ ।
माडी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष माधवप्रसाद चापागाईंकी ममतामयी माता स्वर्गीय इमाकला चापागाईंको तेह्रौँ दिनको पूण्यतिथिमा आयोजना गरिएको रक्तदान कार्यक्रममा गण्डकी प्रदेशका पूर्व प्रमुख एवं पूर्वउपप्रधानमन्त्री अमिक शेरचन प्रमुख आतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । यिमध्ये १२ जनाले पहिलोपटक रक्तदान गरेको कार्यक्रम संयोजक एवम् लायन्स क्लब अफ माडी इकोका कोषाध्यक्ष प्रविन देवकोटाले जानकारी दिनुभयो ।