गैँडाकोट, २१ पुस ।
नवलपुर फोटोग्राफर संघको अध्यक्षमा कुशल अधिकारी सर्वसम्मत चयन हुनुभएको छ ।
शुक्रबार भएको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले कुशल अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिकारी २ दशकदेखि फोटोग्राफी पेशामा संलग्न हुनुहुन्छ । नवलपरासीको गैंडाकोटस्थित कालिका स्कुल चोकमा उहाँको `विशेष डिजिटल फोटो तथा कपी सेन्टर´ सञ्चालनमा छ ।
उपाध्यक्षमा सिलास पाण्डे क्षेत्री, सचिवमा पूर्णदत्त भट्टराई, कोषाध्यक्षमा शम्भु क्षेत्री, सहसचिवमा खगेश्वर पराजुली र सदस्यहरूमा निर्मल सिङ्जाली मगर, आरती बस्याल, राजन अधिकारी, गणेश गैरे, ओमप्रकाश न्यौपाने, सञ्जु शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।