भरतपुर, १८ पुस ।
कालिका नगरपालिका- ३ बनकट्टामा रहेको श्री आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ । विभिन्न ६ वटा लायन्स क्लवहरुको संयुक्त आयोजनामा २०३ जना विद्यार्थीहरूको लागि जाडो मौसममा लगाउने न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको थियो ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारीसहित लायन्स क्लब अफ हिमालयज पाटन, नारायणगढ़ दियालो, भरतपुर, चितवन सेन्ट्रल र काठमाडौँ उमा एपोलो गरी ६ वटा क्लवले संयुक्तरुपमा सम्पन्न गरेको उक्त कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ नारायणगढ दियालोका अध्यक्ष लायन असिम हमालले गर्नुभएको थियो भने प्रमुख अतिथि लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गभर्नर लायन दिनानाथ न्यौपानेज्यू रहनु भएको थियो । लायन्स क्लब अफ काठमाडौँ उमा एपोलोका सचिव लायन सुजनबाबु लोहनीले स्वागत मन्तव्य राख्नुभएको लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन प्रभाकर पण्डितलगायत डिष्ट्रिक्टका सिनियर लायन्सहरूको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत वडा नम्बर ३ का वडाध्यक्षज्यूले समेत आवश्यकता अनुरुपको सहयोग गरी बिकटका विपन्न विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिदिनुभएकोमा आयोजक क्लवहरुलाई ह्रदयदेखि धन्यवाद दिनुभएको थियो । सम्पूर्ण आयोजक लायन्स क्लवहरु, सहभागी मुख्य अतिथि, विशिष्ठ अतिथिहरुलगायत सहयोग स्विकार गरिदिने र सहजीकरण गरिदिने विद्यालय परिवारलगायत सम्पूर्णलाई लायन्स क्लव अफ चितवन सेन्ट्रलका अध्यक्ष लायन कमल उपाध्यायले धन्यवाद मन्तव्य राख्नु भएको उक्त कार्यक्रम लायन्स क्लब अफ भरतपुरका अध्यक्ष लायन सन्तोष मजाकोटीले सञ्चालन गर्नुभएको थियो ।