गैंडाकोट, १८ पुस ।
पिडिजी स्पाउस फोरमले बुधबार गैडाकोट-३ गडाम्दीमा निःशुल्क नेत्र परिक्षण शिविर सम्पन्न गरेको छ । फोरमले भरतपुर आँखा अस्पताल भरतपुरको प्राविधिक सहयोगमा श्री जनता आधारभूत विद्यालय गैंडाकोट- ३, गडाम्दीमा अध्ययनरत विद्यार्थी, अभिभावक र त्यहाँ कार्यरत शिक्षकशिक्षिका गरी १०५ जनााको आँखा परिक्षण गर्नुका साथै उनीहरुलाई आवश्यक औषधी र चश्मासमेत प्रदान गरेको छ ।
पिडिजी स्पाउस फोरम लायन्स क्लब अन्तराष्ट्रिय ३२५ मल्टिपल डिष्ट्रिक्टका गभर्नरहरुका श्रीमतीहरुको संस्था हो । फोरमको स्थापना केहि महिना अगाडि भएको थियो । फोरमले लायन्स क्लब अन्तर्राष्ट्रियको मर्म अनुसार नेपालमा बिबिध कार्यक्रम गर्ने लक्ष्य लिएको छ ।
नेत्र परिक्षण शिविरको प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरका गभर्नर दिनानाथ न्यौपाने हुनुहुन्थ्यो । कार्यक्रममा लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरका प्रथम भाईस गभर्नर नवराज सापकोटा, द्वितीय भाईस गभर्नर प्रभाकर पण्डित, पिडिजी स्पाउस फोरमका सल्लहाकार राजकुमार श्रेष्ठ, पूर्व डिष्ट्रिक्ट गभर्नर सिद्धार्थलाल चुके, रामप्रसाद भट्टलगायतका लायनहरुको उपस्थिति रहेको थियो ।
नेत्र सम्बन्धि बिबिध सेवाहरु प्रदान गरिएको कार्यक्रमको सञ्चालन पिडिजी स्पाउस फोरमकी सचिव रचना चुकेले गर्नुभएको थियो । कार्यक्रमको जानकारी एवं स्वागत मन्तब्य लायन सुधा जोशीले गराउनु भएको कार्यक्रम पिडिजी स्पाउस फोरम फोरमकी अध्यक्ष दुर्गा लक्ष्मी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।