भरतपुर, १५ पुस ।
कवि शिरोमणि लेखनाथ पौड्यालको १४१ औँ जयन्तीका अवसरमा छन्द-काव्य प्रतिष्ठान नेपाल तथा पौडेल वंश महासंघ र आत्रेय गोत्र पैडेलवंश अनुसन्धान प्रतिष्ठानको सहआयोजनमा देवघाटधामको पौडेल वंश परिसरमा शिरोमणि व्यक्तिवृत्त काव्यपाठ आयोजना गरिएको छ ।
अध्यक्ष लकाश पौडेलको अध्यक्षता, आत्रेय गोत्र पौडेलवंश अनुसन्धान प्रतिष्ठानका अध्यक्ष राजेन्द्र पौडेलबाट स्वागत र पौडेल वंश महासंघ चितवनका अध्यक्ष भुवानी पौडेलबाट धन्यवाद ज्ञापन गरी कार्यक्रम मनाइएको हो ।
वरिष्ठ कवि गोविन्दराज विनोदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार केदारनाथ खनालबाट शिरोमणि लेखनाथको व्यक्तिवृत्त र प्राडा कर्णबहादुर बानियाबाट मन्तव्य, छन्द-काव्य प्रतिष्ठान नेपालको मुखपत्र शिखरिणी-५ पञ्चचामर अंकको विमोचन गर्दै विभिन्न स्रस्टाबाट कविता पाठ गरिएको थियो ।