भरतपुर, १४ पुस ।
संसारभर रहेका नेपालीहरुको परोपकारी संस्था ‘हेल्प नेपाल नेटवर्क’को अन्तर्राष्ट्रिय अध्यक्षमा डिला खरेल सर्वसम्मत चयन हुनुभएको छ ।
काठमाडौंमा शनिवार सम्पन्न वार्षिक साधारणसभाले खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
चितवन घर भएका खरेल विगत लामो समयदेखि अष्ट्रेलियालाई कर्मथलो बनाएर काम गर्दै आउनुभएको छ । एनआरएनएलगायतका संघसंस्थामा लामोसमय काम गरेको अनुभव उहाँसँग छ । उहाँ केही न केही गर्नैपर्छ भन्ने हुटहुटी भएका युवा हुनुहुन्छ । अष्ट्रेलियामा पनि सामाजिक कार्यमा उत्तिकै सक्रिय उहाँ नेपालीहरुमा आइपर्ने हरेक समस्या समाधान गर्न अग्रणी स्थानमा हुनुहुन्छ ।
अष्ट्रेलियामा अत्यधिक लोकप्रिय युवा व्यक्तित्व उहाँका परोपकारी, सामाजिक तथा उद्यमशीलताका अनवरत र सार्थक प्रयास तथा अभ्यासहरुको अष्ट्रेलिया र नेपाल दुवै देशमा उत्तिकै चर्चा हुने गर्दछ
२५ वर्ष अघि स्थापना भएको संस्थाको हाल ३० देशमा शाखा छ । हेल्प नेपाल नेटवर्कको संस्थापक अध्यक्षमा रवीन्द्र मिश्र हुनुहुन्थ्यो ।