भरतपुर, ९ पुस ।
रक्तक्यान्सर भएर भारतमा उपचाररत चितवनका शिक्षा तथा पत्रकार भुपराज पाठकलाई नारायणी नमुना माध्यमिक विद्यालयबाट आर्थिक सहयोगस्वरुप १ लाख १६ हजार ६० रुपैयाँ सहयोग गरेको छ । नारायणी नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाले सहयोग समितिका उपाध्यक्षद्वय रामचन्द्र लम्साल र हरिप्रसाद न्यौपाने, सदस्य प्रविन देवकोटालाई चेक हस्तान्तरण गर्नुभयो ।
विद्यालयले सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमको उद्घाटनसँगै सो सहयोग हस्तान्तरण गरेको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडी, जिल्ला रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेललगायत सम्पूर्ण शिक्षक कर्मचारहरूको उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीले मानवीय कार्यमा हातेमालो गर्दै सधैँजसो गर्दैआएको मानवीय कार्यलाई निरन्तरता दिइएको बताए ।