भरतपुर, ९ पुस ।
फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा युवा व्यवसायी रामप्रसाद पौडेल विजयी भएका छन् ।
सोमबार भएको संघको ३६ औँ वार्षिक साधारणसभा एवं १९ औँ अधिवेशनबाट पौडेल विजयी भएका हुन् । उनले चुनावी प्रतिद्वन्द्वी यमप्रसाद घिमिरेलाई हराएर संघको अध्यक्षमा विजयी भएका हुन् ।
पौडेल बिगत १३ वर्षदेखि नारायणगढको कमलनगरमा पौडेल कलेक्सन, पौडेल ब्याग हाउस र पपुलर बेबी कलेक्सन चलाइरहेका छन् । २०७३ सालदेखि निरन्तर संघमा रहेर कर्यसमिति सदस्य, उपाध्यक्ष हुँदै वरिस्ठ उपाध्यक्षको जिम्मेवारी निभाइसकेका उनी योग्य र लोकप्रिय व्यक्तिका रुपमा प्रस्तुत थिए ।
नयाँ नेतृत्व चयनका लागि पुस ४ गते भएको मनोनयनमा अध्यक्ष बाहेक अन्य सबै पदमा एकएक जनाको मात्रै उम्मेदवारी परेकाले सबै पद सर्वसम्मत भएको थियो भने सोमबार अध्यक्ष पदको लागि मात्र चुनाव गरिएको हो ।
सर्वसम्मत भएका अन्य पदाधिकारी तथा सदस्यहरु यसप्रकार रहेका छन् :
वरिष्ठ उपाध्यक्ष- टंकप्रसाद सापकोटा
उपाध्यक्ष- डिलाराम खरेल
सचिव- विपिन रिजाल
कोषाध्यक्ष- पवित्रा पौडेल
सदस्यहरु
विपिन अर्याल, अनिता न्यौपाने, संगीता उपाध्याय, सन्तोष पोखरेल, पार्वती आचार्य, रामचन्द्र धिताल, अस्मिता सापकोटा, विकास सापकोटा, नविदिन मिया (नविन), भानु सापकोटा , लक्ष्मण पौडेल, प्रविन सापकोटा, संगीता उपाध्याय रहेकी छन्