काठमाडौं, ७ पुस ।
समाजसेवी एवम् ब्लड डोर्नस सोसाइटी नेपालका सल्लाहकार सदस्य राजीव श्रेष्ठ सम्मानित भएका छन् । ‘South Asian Regional Countries Brilliance Award बाट श्रेष्ठ सम्मानित भएका हुन् ।
वर्ड बुक अफ स्टार रेकर्डसले उनलाई आइतबार एक कार्यक्रमका बीच काठमाडौंमा उक्त सम्मान प्रदान गरेको हो । विगत १५ वर्षदेखि अनवरतरूपमा सामाजिक कार्यमा संलग्न श्रेष्ठ सेवाभावले अभिप्रेरित भइ विभिन्न संस्थामार्फत समाजसेवा गर्दै आएका छन् ।
सामाजिक कार्य प्रतिको जोश र युवा मस्तिष्कहरूलाई पोषण गर्ने गहिरो प्रतिबद्धतासहित सामाजिक क्षेत्रमा निरन्तर समर्पित छन् । उनले युवाहरुको लागि समाजसेवामार्फत प्रेरणा दिँदै आएका पनि छन् ।
विभिन्न देशका २९ जना व्यक्तिलाई सम्मान र २ जनालाई मानार्थ प्रदान गरेको आयोजकले जानकारी गराएको छ ।
`सामाजिक विकासका क्षेत्रमा ब्लड डोर्नस सोसाइटी तथा लायन्स क्लबले सम्पन्न गरेका काम र हासिल गरेका उपलब्धि अनुकरणीय, अनुसरणीय र सिकाइ योग्य रहेका छन् । यिनै संस्थाहरुका कारण मैले पनि समाजसेवा गर्ने बाटो बनाउँदै गएको छु´ सम्मानपछि मन्तव्य राख्दै श्रेष्ठले भने ।