देवचुली, ६ पुस ।
देवचुली जेसीज वर्ष २०२५ को अध्यक्षमा ढुण्डीराज क्षेत्री (डि.आर.) निर्वाचित भएका छन् ।
देवचुली जेसीजको शुक्रबार सम्पन्न एघारौँ साधारणसभाबाट अध्यक्षमा क्षेत्रीसहित कार्यकारिणी उपाध्यक्षमा पुष्पराज लामिछाने र जीवन भुसाल, उपाध्यक्षमा गौरवराज श्रेष्ठ, सुरज बस्याल, दीपक पोखरेल, केशव भण्डारीसहित सचिवमा चित्रबहादुर थापा (भरत) तथा सह कोषाध्यक्षमा राज न्यौपाने निर्वाचित भएका छन् ।
योसँगै साधारणसभाले कानुनी सल्लाहकारमा विजय पङ्गेनी, महासचिवमा नरेन्द्र भण्डारी र कोषाध्यक्षमा सुरज भुसाललाई मनोनित गरेको छ ।
कार्यक्रममा देवचुली जेसीज वर्ष २०२४ का अध्यक्षले आफ्नो कार्यकालमा गरेका कार्य तथा प्रगति विवरण प्रस्तुत गरेका थिए । देवचुली जेसीजको पुस १४ गते सम्पन्न भएको साधारणसभाले वर्ष २०२३ मा भएका कार्य तथा प्रगति विवरण पारित गरि अधिवेशनको चरणमा गएको थियो ।